You are viewing the translated version of बन्द सवालद्वारा साक्षी बुझ्न सकिने.

Section 41
बन्द सवालद्वारा साक्षी बुझ्न सकिने
(१) कुनै कारणले अदालतमा उपस्थित हुन नसक्ने तर नबुझी नहुने साक्षीलाई इजलासले मुद्दाको गम्भीरता हेरी बन्द सवालद्वारा बुझ्न आदेश दिन सक्नेछ। अदालतले सोको जानकारी मुद्वाका पक्षहरूलाई दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम बन्द सवालद्वारा बुझिने साक्षीसँग प्रश्न सोध्न चाहने पक्षले त्यस्तो प्रश्न समावेश गरी पाउँ भनी अदालतमा निवेदन दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिम पक्षको निवेदन परेमा अदालतले त्यस्तो प्रश्न समावेश गर्न मनासिब ठानेमा बन्द सवालमा समावेश गर्न आदेश दिन सक्नेछ।
(४) बन्द सवालको ढाँचा अनुसूची-१४ मा उल्लेख भए बमोजिम हुनेछ।